‘प्रचण्ड-माधव पक्षलाई सवक सिकाउने बेला आयो’



काठमाडौँ। काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा प्रचण्ड-नेपाल समूहलाई सवक सिकाउन निर्देशन दिएका छन्।

प्रदेश नम्बर एकका कार्यकर्ता प्रशिक्षण बेलामा बोल्दै ओलीले यस्तो निर्देशन दिएका हुन्। उनले भने, ‘निर्वाचन भन्यो कि थुरर काम्नेहरुलाई आगामी निर्वाचनमा सवक सिकाउनु पर्नेछ। त्यो तपाईंहरुले सिकाउने हो। देश र जनताप्रति बेइमानी गर्नेहरुलाई, वामपन्थी आन्दोलनमाथि धोका दिनेहरुलाई सवक सिकाउने बेला यहि हो।’

साथै उनले प्रदेश नम्बर एकको काम के हो ? भन्दै प्रश्न गरेका छन्। उनले भनेका छन्, ‘नामसमेत एक नम्बरैमा सिमित छ। बदल्न सक्नु भएको छैन। नाम एक नम्बर काम सात नम्बर गरेर हुन्छ? तपाईंहरु धनुबाट प्रहार भएको वाणको जस्तो गतिमा दौडिनु पर्नेछ। खासगरी म युवाहरुलाई भन्न चाहन्छु, तपाईंहरु मनमा एउटा, व्यबहारमा अर्को कुरा गर्नेहरुको भ्रममा नपरेर लोकतन्त्र र विकासको पक्षमा लाग्नुपर्नेछ।’

आगामी निर्वाचनबाट देशभक्त शक्तिहरु एक ठाउँमा आउनेमा उनको भनाई थियो। आगामी निर्वाचनबाट देशभक्त शक्तिहरु एक ठाउँमा आउनेमा उनको भनाई थियो। कार्यक्रममा उनले सर्वोच्चलाई प्रभावित पार्ने काममा नलाग्न आग्रह गरेका छन्। उनले भने, ‘केही मिडियाहरु हात धोएर सरकारको विरुद्धमा लागेका छन्। यति बेजेदेखि यति बजेसम्म न्यायाधीश र प्रधानमन्त्रीबीच भेटवार्ता भयो। यसो भयो भनेर समाचार आउछन्। कुनै विचार र तर्क छैन उनीहरुसँग। विचरा।’