काठमाडौँ। नेकपाको केपी ओली समूहका नेता सुवास नेम्वाङले प्रधानमन्त्री केपी ओलीले बाध्यात्मक अवस्थामा जनतामा जाने निर्णय गरेको बताएका छन्।
प्रदेश १ को ओली पक्षीय अगुवा कार्यकर्ता भेलामा उनले भने, ुस्थिरताका लागि केपी ओलीलाई पाँच वर्षका लागि प्रधानमन्त्रीका रुपमा जिताएर पठाइएको थियो। तर प्रधामन्त्रीले बाध्यता भन्नुभएको छ। अब अगाडि बढ्नुको विकल्प छैन। जब कुनै विकल्प देखिँदैन, त्यतिबेला जनतामा जानु नै सबैभन्दा राम्रो उपाय हो। त्यसैले जनताको बीचमा जानका लागि भनेर हामी अग्रसर भएका छौँ। त्यही क्रममा हामी यहाँ भेला भएका छौँ।’
स्थिरता र समृद्ध नेपाल सुखी नेपालीका लागि काम गरिरहेको काम किन पाच्य भएन भनेर नेम्वाङले प्रश्न गरे । हामीले स्थिरताका लागि काम गरिरहेका थियौँ । समृद्ध नेपाल सुखी नेपालका लागि काम गरिराखेका थियौँ । त्यो दिशामा अग्रसर भइराखेका थियौँ । तर यो किन पाच्य भएन । केपी ओली प्रधानमन्त्री बनिराख्नु भएको थियो । महाधिवेशन गरी युवा पुस्तामा नेतृत्व हस्तान्तर गर्छु भन्नुभएको थियो । नयाँ जनादेशबाट प्रधानमन्त्री पद सुम्पिने भनिराखेका बेला यस्तो किन गरियो? किन यो ठाउँमा आइपुग्न हामी बाध्य भयौँ? उनको प्रश्न छ । यो प्रश्नको जवाफ आउने दिनहरुमा आफू पाउँदै जाने उनले बताए ।
केपी ओलीलाई अस्वीकार गरी काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि अफर गरेर के गर्ने खोजेको हो भन्ने समेत उनले प्रश्न गरे। दुई जना नेता भेट्न जानुभयो रेँ । हाम्रो प्रतिपक्षी साथीलाई भन्नुभयो रे । संसद पुनस्र्थापना गरौँ । पुनस्र्थापित संसदमा प्रधामनन्त्री तपाईँलाई नै बनाउछौँ भन्नुभयो रेँ । मैले कुुरा राम्रोसँग बुझिनँ । मलाई विश्वास लागेको छैन । फलानो फलानो जानु भएको भनेर साथीहरुले नक्सा देखाउनु भयो । मैले कता कता बिर्सिएँ । केपी ओलीलाई अस्वीकार गरेर गर्न खोजेको के हो? त्यसको जवाफ खोजिरहेको छु । पार्टी कार्यकर्ता पंक्तिले त्यसको जवाफ खोजिरहेको छ । त्यसको जवाफ हामीले चाँडै पाउने मलाई विश्वास छ, उनले भने ।
यस्तै उनले आपूहरुले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेताहरु कसैलाई पनि कारबाही नगरेको बताए । नेम्वाङले भने, किनभने हामी पार्टी एकताको पक्षमा छौँ। मैले नाम विर्सिए हाम्रो केही साथीहरुले केपी कमरेडलाई कारबाही गरेर आफै अध्यक्ष हुनुभयो रेँ। को अध्यक्ष हुनुभयो नाम विर्सिएँ मैले। हाम्रो महासचिव कमरेड विष्णु पौडेललाई पनि कारबाही गर्नुभएको सुनेँ । यो सबै बुझियो। अध्यक्ष कमरेडलाई निकालेर आफै बन्नु भएछ। महासचिवलाई निकालेर आफै बन्नु हुनेहोला । यो के गर्नु खोजेको? यसको जवाफ जनतालाई दिनुपर्छ?
निर्वाचन आयोगमा पार्टीको आधिकारिकताको विषय उठिरहेका र अदालतमा संसद विघटनसम्बन्धी मुद्दामाथि छलफल भइरहेको भन्दै यस विषयमा थप नबोल्ने उनले बताए ।