संसद् विघटनविरुद्ध सबै पालिकामा कांग्रेसको विरोध प्रदर्शन



काठमाडौँ। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले आज (शनिबार) प्रतिनिधिसभा विघटनविरुद्ध देशभर पालिकास्तरमा विरोध प्रदर्शन गर्दैछ।

प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिु कदमविरुद्ध काँग्रेस शनिबार दोस्रो चरणको आन्दोलनअन्तर्गत सात सय ५३ गाउँ तथा नगरपालिकामा विरोध प्रदर्शन गर्न लागेको हो। प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेकोे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाविरुद्ध काँग्रेस चरणवद्ध रुपमा देशव्यापी प्रदर्शन गरिरहेको छ।

काँग्रेसले माघ ८ गते ६ हजार ७ सय ४३ वडामा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ। यसअघि कांग्रेसले दोस्रो चरणको आन्दोनअन्तर्गत गत पुस २५ गते तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो। यस्तै पहािले चरणअन्तर्गत गत पुस १३ गते एक सय ६५ निर्वाचन क्षेत्रमा सरकारविरुद्ध विरोध प्रदर्शन गरेको थियो। आजको विरोध प्रदर्शनमा सक्रिय सहभागिता साथ प्रभावकारी रुपले सफल बनाउन काँग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार (हिजो) नै अपिल गरेका थिए।

पार्टीको सबै तहका नेता कार्यकर्ताहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न देउवाको अपिल छ। यस्तै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले हिजै भिडियो सन्देशमार्फत प्रधानमन्त्री ओली आफैले अवैधानिक कदम चालेको कबुल गरेकाले विरोध प्रदर्शनमा उत्रन आह्वान गरे थिए।

‘प्रधानमन्त्री केपी ओली आफैं भनिरहेका छन्, यो संवैधानिकको कुरा होइन। यो त राजनीतिक निर्णय हो भनेको हुनाले वैधानिक काम छैन भन्ने कुरा आफैंले कबुल गरेका छन्। स्वीकार गरेका छन्’, पौडेलको भनाइ थियो। सर्वोच्च अदालतसम्म आवाज पुग्ने गरी सारा जनताले डटेर विरोध पर्ने उनको आग्रह थियो।

संसद विघटनको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनाइको प्रक्रियमा रहेको बेला पौडेलले आन्दोलनलाई प्रभावकारी बनाउन कार्यकर्तालाई आग्रह गरे। काँग्रेसका शीर्ष नेताहरु पनि विरोधसभामै सहभागी हुने कार्यक्रम छ। सभापति देउवाले काठमाडौं, वरिष्ठ नेता पौडेले चितवनको शारदानगरमा विरोधसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

यस्तै महामन्त्री डा शशांक कोइरालाले नवलपुरको देवचुली नगरपालिकामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। पूर्वमहामन्त्री प्रकाशमानसिह काठमाडौँ महानगरपालिका र नेता गगन थापाले बूढानीलकण्ठको हात्तीगौंडा र ललितपुरको महाकाल गाउँपालिकामा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। यस्तै नेता डा.मिनेन्द्र रिजाललाई नेपालगञ्ज र डा.शेखर कोइरालाले मोरङका दुई वटा विरोधसभामा सम्बोधन गर्ने कार्यतालिका छ।

नेता प्रदीप पौडेल विराटनगर र प्रवक्ता विश्वप्रकाश शर्मा भक्तपुरमा हुने विरोधसभालाई सम्बोधन गर्ने छन् । यस्तै नेता अर्जुननरसिंह केसी र डा। रामशरण महतले नुवाकोटको देवीघाटम हुने विरोधसभा सम्बोधन गर्ने कार्यक्रम छ।

यस्तै सहमहामन्त्री प्रकाशरण महतले कागेश्वरी मनोहरा नगरपालिकाको वीरेन्द्रचोक र गोठाटारको विरोधसभालाई सम्बोधन गर्ने कार्यक्रम छ। नेता धनराज गुरुङ्ग चितवनको खैरेहनीमा र प्रकाश रसाइली स्नेही हेटौडाको विरोसभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

यस्तै नेता गुरुराज घिमिरे र नैनसिह महर काभ्रे जाने कार्यक्रम तय भएको छ। नेता वीरबहादुर बलायरले डोटीमा र जीवन बहादुर शाहीले मुगुको रुसकोट, माँझचौर, खत्याडको विरोधसभालाई सम्बोधन गर्ने छन्। यस्तै काँग्रेसका केन्द्रीय अधिकांश नेताहरुले पनि गृहजिल्लाको विरोधसभामा सहभागी हुँदै छन्।