काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा एक साताभित्र प्रकाशित गर्ने भएको छ।
बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगेको जानकारी दिए। शिक्षा पत्रकार सञ्जाल नेपालसँगको अन्तर्क्रियामा उनले विद्यालयबाट प्रँप्त नतिजाको डाटा इन्ट्री गरेर रुजुको काम भइरहेको बताए। अन्नपूर्णमा खबर छापिएको छ।