काठमाडौं। अनेरास्ववियू (प्रचण्डमाधव) समूहले प्रधानमन्त्री केपी ओलीको प्रतिगामी कदमविरुद्ध कार्टुन प्रदर्शन गरेको छ।
बुधबार राजधानीको कमलादीस्थित प्रज्ञा डवलीमा अयोजित कार्टुन प्रदर्शनमा संगठनका सह संयोजक रन्जित तामाङ, नेताहरू सुरेन्द्र बस्नेत, महेश बर्तौलालगायतको उपस्थिती रहेको थियो।
गत पुस ५ गते प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको मिलिभगतमा असंवैधानिक तवरबाट संसद विघटन गरेपछि अनेरास्ववियू आन्दोलित बनेकोछ।
तस्बिर: मुकुन्द कालिकोटे