परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्तान



काठमाडौँ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत प्रस्थान गरेका छन्। भारतीय समकक्षी एस जयशंकरको औपचारिक निमन्त्रणामा मन्त्री ज्ञवाली बिहीबार भारत प्रस्थान गरेका हुन्। मन्त्री ज्ञवालीको भ्रमण टोलीमा परराष्ट्र सचिव, स्वास्थ्य सचिव लगायतका अधिकारी रहेका छन्।

मन्त्री ज्ञवाली भारतमा ३ दिनसम्म चल्ने नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुने जनाइएको छ। मन्त्री ज्ञवालीले भ्रमणका क्रममा उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रमसमेत रहेको छ।

आयोगको बैठकमा भने नेपाल–भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, ऊर्जा, सीमा, पारवहन, कोभिड–१९ सहकार्य, कृषि, पर्यटन लगायतका विषयमा छलफल हुने जनाइएको छ । मन्त्री ज्ञवाली ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।