नेकपा विप्लवका नेता धर्मेन्द्र बास्तोला पक्राउ



काठमाडौँ। विप्लव समुहका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ सहितका नेता ललितपुरको दक्षिण भागमा रहेको सुराक प्रहरीले पाएको थियो।

बुधवार सादा पोशाकका प्रहरी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेताको रेकी गर्न दक्षिण ललितपुर पुगे। महानगरीय प्रहरी कार्यालयमा नेताको लोकेशन खुल्नासाथ अप्रेशन चलाउनेगरी अर्को टोली ‘स्ट्याण्डबाई’ राखिएको थियो। तर, रेकी गर्न गएकै टोलीको पञ्जामा परे धर्मेन्द्र बास्तोला। चारवटा मोटरसाईकलमा आएका थिए, विप्लव समुहका नेता कार्यकर्ता। प्रहरीले मोटरसाईलक राकेपछि दुईवटा मोटरसाईकलमा आएका नेता भागे। भाग्ने मध्येका एक नेता थिए, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड।’

नेत्रविक्रम चन्द ‘विप्लव’ पछि दोस्रो बरियतामा रहेका प्रकाण्ड अप्रेशनको क्रममा ‘मिस’ भएर फुत्किएको अप्रेशनमा सहभागी एक प्रहरी अधिकारीले रातोपाटीलाई बताए। प्रकाण्डसँगै केन्द्रीय सदस्य चिरन पुन पनि प्रहरीको घेरा तोडेर भागेका छन्। प्रहरीले घेरा हालेर रोकेको दुईवटा मोटरसाईकलमा सवार मध्येका विद्यार्थी नेता अनिल शाही पनि भागेका छन्।

तेस्रो बरियताका धर्मेन्द्र बास्तोला सहित अन्य दुईजनालाई पक्रेर प्रहरीले काठमाडौं ल्याएको छ। पुरानो मुद्दाको रेकर्ड भएको प्रहरी कार्यालयमा राखेर धर्मेन्द्रमाथि थप अनुसन्धान गरिने महानगरीय प्रहरी परिसर ललितपुरका एक अधिकृतले रातोपाटीलाई बताए।