पाँच दिनसम्म पनि उठेन ताराको लास, प्रशासन मौन



सुर्खेत। पुस २४ गते सुर्खेतबाट नेपालगंजका लागि तारा आले मगर यात्रा सुरु गरिन्। तर, वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ लाटिकोइली निवासी तारा गन्तव्यमा पुग्न भने पाईनन्।

पुस २४ गते बिहान ११ बजेतिर सुर्खेतको भेरीगंगा नगरपालिका छिन्चुको प्रहरी चेकपोष्ट नजिक टिप्परको ठक्करबाट तारा भूइमा लडिन्। प्रत्यक्षदर्शीका अनुसार टिप्परले ब्याक गरेर ताराको ज्यान लियाे। भे७प५२०६ नम्बरको मोटरसाइकलमा सवार ताराको लास प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा छ।

२३ वर्षी ताराको मृत्युपछि विछिप्त बनेका बाआमा, आफन्तहरु र स्थानीयहरु न्यायको लागि जिल्ला प्रशासन कार्यालय र अन्य न्यायिक निकायहरुमा धाउन थालेको तीन दिन भइसकेको छ। तर, उनीहरुले ताराको बारेमा प्रशासनबाट आधिकारिक कुनै आश्वासन पाएका भने छैनन्। साथै ताराको मृत्युको बारेमा आधिकारिक तत्यसमेत थाह नपाएको आफन्तको गुनासो छ। २४ गते बिहान ११ बजे तिरको घटना भएपनि आफन्तलाई प्रहरीले अपरान्ह ४ बजेमात्रै जानकारी दिएको ताराकी दिदी सम्झनाले कर्णाली सन्देशलाई जानकारी दिएकी छन्।

दुर्घटनाका बारेमा थाह पाएपछि आफूहरु घटनास्थल छिन्चुतर्फ गएको र छिन्चु पुग्दा प्रहरीले मुचुल्का उठाइसकेको आफन्तको भनाई छ। कम्जोर परिवार भएकै कारण राज्यले आफूलाई न्याय नदिएको पीडित परिवारको गुनासो छ। पीडितहरुले ज्ञापन पत्र बुझाएको तीन दिन भइसक्यो। यता प्रशासन ००१ क००९९ नम्बरको टिप्पर र साेही टिप्परका चालकलाइ पक्राउ गरिसकेको बताउछ। सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी थप अनुसन्धान भइरहेको बताउछन्।

वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ लाटिकोइली निवासी तारा जस्तै सुर्खेतमा टिप्परको ठक्करबाट अनाहकमा ज्यान गुमाउनेहरु धेरै छन्। तर, प्रशासनले टिप्पर आतंकलाई न त रोक्न सकेकाे छ न पीडितलाई समयमा न्याय दिन सकेको नै छ। यसै क्रममा निश्चित समयमा मात्रै टिप्पर चलाउनका लािग मागहरु उठ्न थालेका छन्। तारा टिप्पर पीडित परिवार संघर्स समितिले माग गरेको छ। सुर्खेतभित्र टिप्पर सञ्चानलन बन्द आह्वान गर्दै प्रशासनलाई टिप्पर संघर्ष समितिले मंगलबार ज्ञापनपत्र बुझाएको छ।