काठमाडौँ। संघीय राजधानीको प्रदर्शनी मार्गमा रहेको रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसका एकजना प्राध्यापक यौन हिँसा गरेको आरोपमा पक्राउ परेका छन्।
(आरआर) क्याम्पसका प्राध्यापक ४५ वर्षीय विष्णुप्रसाद आचार्य पक्राउ यौन हिँसाको आरोपमा पक्राउ परेका हुन्। सोही क्याम्पसमा अध्ययनरत एक छात्रालाई सामाजिक सञ्जाल फेशबुक मार्फत यौन हिँसा गरेको आरोपमा प्रहरीले उनलाई क्याम्पसबाटै सोमबार पक्राउ गरेको जनाएको छ।
काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहका अनुसार (आरआर) क्याम्पसमा अध्ययनरत एक छात्रालाई फेशबुक म्यासेञ्जर मार्फत यौन हिँसा गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो। प्राध्यापक आचार्यलाई नियन्त्रणमा लिएर अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको एसएसपी सिंहले जानकारी दिएका छन्।