‘जिन्दगीको सफल मोडमा’ (भिडियोसहित)


काठमाडौँ। लामो समय अघिदेखि बेलायतलाई कर्मथलो बनाउँदै आएकी गीतकार जानकी पन्त जूनको शब्द रचनामा रहेको गीत जिन्दगीको सफल मोडमा को भिडियो सार्वजनिक भएको छ।

भूपेन्द्र रायमाझीको सङ्गीत र सङ्गीता शाक्यको स्वर रहेको यस गीतको भिडियो कुमुद इन्टरटेनमेन्ट युट्युब च्यानलबाट भरखरै सार्वजनिक भएको हो िगीतमा जीवनको कुनै मोडमा कसैको साथ पाएर मन पुलकित भएको र खुशी छचल्किएको भावहरु पोखिएको छ।

वरिष्ठ कलाकार सरोज खनाल र जानकी स्वयंको अभिनय रहेको यो भिडियो वीरेन्द्र भाट ‘विपिन’ को निर्देशनमा तयार भएको हो भने भिडियोको सम्पादन र कलर करेक्शन पनि वीरेन्द्रकै रहेको छ ियस भिडियोका सिनेम्याटोग्राफर रामसिंह भाट हुन्।

सकारात्मक सन्देश बोकेको यस भिडियोमा ‘जीवन अमूल्य छ िएउटा पीडा हुँदैमा, एउटा चोट लाग्दैमा र एकपटक असफल हुँदैमा जीवनबाट हार खानु हुँदैन’ भन्ने कथा प्रस्तुत गरिएको छ। भिडियोको कथा अनुसार जीवनबाट हार खाएर आत्महत्या गर्न लागेकी युवतीलाई एक युवकले बचाउँछ।

युवक सङ्गीतज्ञ भएको कारण उसले युवतीलाई सङ्गीत सिकाउँछ। युवतीको गीत रेकर्ड हुन्छ र अन्तत उसले म्युजिक अवार्ड जित्छे। भिडियोमा यसरी आत्माहत्याको स्थितिदेखि कसैको साथ, प्रेरणा, लगन र आत्मविश्वासबाट हासिल भएको सफलताको चरण सम्मका कुराहरु देखाएको छ। युवतीलाई बचाउने सङ्गीतज्ञको भूमिकामा सरोज खनाल र विक्षिप्त अवस्थादेखि म्युजिक अवार्ड जित्ने कलाकारको भूमिकामा जानकी पन्त जूनले अभिनय गरेका छन्। भिडियोका निर्माता कुमुद पन्त हुन्।

कलाप्रेमी, चलचित्रकर्मी तथा साहित्यकार जानकी पन्त जूनको अध्यक्षतामा हालै नेपाल फिल्म सोसाईटीको १५ सदस्यीय कार्यसमिति रहेको यूके शाखा गठन भएको छ। युके शाखा गठन भएसँगै बेलायतमा बसोबास गर्दै आएका नेपाली कलाकार तथा चलचित्रकर्मीहरुलाई ऐक्यवद्ध गराउँदै आगामी दिनमा नेपाल फिल्म सोसाईटीलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन लागिपर्ने र नेपाली चलचित्रकर्मीको उत्थानमा आफ्नो योगदान रहने नवनियुक्त अध्यक्ष जूनले बताएकी छिन्।