‘तिम्रा ‘बा’को होइन, प्रतिगमनकारी ओलीको पुत्ला दहन गरेका हौं’



काठमाडाैँ। अनेरास्ववियूकी केन्द्रीय नेता आरती लामाले २१औं शताब्दीमा पनि निरंकुश र अधिनायकवादी बन्नेहरुको सत्ता खरानी हुने दिन नजिकिदै गरेको दाबी गरेकी छन्।

मंगलबार सामाजिक सञ्जाल फेशबुक मार्फत २१औं शताब्दीमा पनि टाउको उठाउने प्रयत्न गरिरहेको हठी, घमण्डी, झुट, निरंकुश शासकको सत्ता र शक्ति ढल्ने अनि खरानी हुने दिन नजिकिँदै गरेको स्पष्ट पारेकी हुन्।

उनले केपी ओली पक्षका नेता तथा कार्यकर्ताहरुलाई लक्षित गर्दै लेखेकी छन्, ‘तपाईंले पुज्ने गरेको ‘बा’ को पुत्ला दहन गरेका होइनौं हामीले। तपाइँले कसलाई पुज्नुहुन्छ र बा भन्दै महिमा गान गर्नुहुन्छ? त्यो हाम्रो सरोकारको विषय पनि होइन। हामीले त जनताको बलिदानीबाट प्राप्त व्यवस्थाको रक्षाका खातिर क्रूर बन्ने सपना देखेको निर्लज्ज तानाशाह अथवा प्रतिगमन र पश्चगमनको नाइकेको पुत्ला दहन गरेका हौं।’

उनले अगाडि लेखेकी छन्,‘आजको २१औं शताब्दीमा पनि टाउको उठाउने प्रयत्न गरिरहेको हठी, घमण्डी, झुट र निरंकुश शासकको पुत्ला जलाएका हौँ। र भनिदिनु तपाईंको शासकलाई कि,अब तिम्रो सत्ता र शक्ति ढल्ने र खरानी हुने दिन पनि नजिकिँदै छन्। तर, तिमी अझै पनि अन्धभक्त बन्न सक्छौ।’

लोकतन्त्रको सुन्दरता पनि यही हो कि, आफ्नो आफ्नो बिचार राख्ने? तिमी कराउ, गाली गर र सकेजति नराम्रो भन। तर, पनि हामी पछि हट्ने सपनामा पनि नसोच। किनकी हामी संविधान, जनताको अभिमत र कानूनी राज्यको पक्षमा एक्लै भए पनि उभिन्छौं र कुनै पनि किसिमको सामन्तवाद, दक्षिणपन्थ र बहुलट्ठी शासक र उसका कर्तुतहरुको भण्डाफोर गरिरहन्छौं।’