कालिकोट। जिल्लाको नरहरिनाथ गाउँपालिका निवासी तथा नेपाल विद्यार्थी संघ कालिकोटका कार्यबाहक अध्यक्ष जगतजंग बिष्टले स्वास्थ्य सेवा कार्यालय कालिकोटमा रहेका २४ जना बिरामीहरुलाई फलफूल वितरण गरेका छन्।
आफ्नो जन्मदिनको अवसरमा बिरामीहरुलाई फलफूल वितरण गरेका हुन्। जिल्ला अस्पताल कालिाकोटमा उपचारत बिरामीहरुलाई फलफूल वितरण गरेर जन्मदिन मनाएको बिष्टले कर्णाली सन्देशलाई जानकारी दिएका छन्।
कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालिकोटका सह-सचीव एवं क्षेत्र न (ख) का सभापति दमन शाही, नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य सबिन कुमार बिष्ट, नेपाली कांग्रेस खाँडाचक्र नगरपालिका वडा नम्बर ८ का सभापति सन्तोषजंग मल्ल, डा.बिज्ञान प्रजापती, डा.राजकमल कार्की, नेविसंघका नेता पवन आचार्य, स्वास्थ्यकर्मी हरि पाण्डेलगायतको उपस्थिति रहेको जनाइएको छ
बिष्टले आफनोे २८औं जन्मदिनको अवसरमा अस्पताल पुगेर फलफूल वितरण गर्नुका साथै बिरामीहरुलाई स्वास्थ्य लाभको कामनासमेत गरेका छन्।