सुर्खेत। राप्रपा सुर्खेतले सोमबार २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ।
वि.सं. १७७९ पौष २७ गते गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा जन्मिएका पृथ्वीनारायण शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका विभिन्न राज्यहरुलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए।
त्यस्तै पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै सोमबार काठमाडौँलगायत देशका विभिन्न शहरमा उनको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी मनाईएको छ।
यही क्रममा सिंहदरबारको सामुन्ने रहेको पृथ्वीनारायण शाहको शालिकमा मनाइएको थियो। शालिकमा बाजागाजासहित माल्यार्पण गर्न पुगेकाहरुलाई प्रहरीले रोकेपछि केही बेर तनावसमेत भएको थियो।










