सुर्खेत। मप विश्वविद्यालयमा तनाव र्सिजना भएको छ। मप विश्वविद्यालयका भिसीको निर्देशनमा विद्यार्थीमाथि दमन भएको हाे। परिक्षाका विषयमा विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहसँग विद्यार्थीको छलफलका क्रममा विवाद हुँदा झडप भएको हो।
झडपमा स्ववियु सदस्य तथा नेविसंघका नेता राेशन बस्नेत, विद्यार्थी तर्कराज शाही र लक्षमण वाेगटी घाइते भएका छ्न। घाइतेहरुको स्थानीय मायानरसिङ होममा उपचार भइको छ। विद्यार्थीहरुले सामान्य मागहरु समटेर तयार पारेको विज्ञप्ति बुझाउन जाँदा उल्टै दमन भएको हो। रिटे र हाइड्रो पावरको परिक्षा स्थगित गरिएपछि विद्यार्थीहरुले आफ्नो अधिकार खोसिएको भन्दै आवाज उठाउँदै आएका छन्।
पुस महिना २४ गते सूचना निकालेको र आफूहरुले मौका परिक्षा दिन नपाएका कारण मौका परिक्षा दिनका लागि ध्यानाकर्षण पत्र बुझाउन जाँदा भिसिको निर्देशनमा आफूहरुमाथि दमन भएको विद्यार्थीहरुको भनाई छ। उपकुलपतिसँग विवाद बढेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ३ सेल अश्रु ग्याँस प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहिले बताए ।
आइतबार बिहान ११ बजे भिसी कार्यालय पुगेका विद्यार्थीहरुले साढे ६ बजेसम्म पनि भित्र पस्न नपाएको र अन्त्यमा सामान्य नारा लगाउँदै गर्दा उनीहरुमाथि अश्रुग्याँस प्रहार गर्नेदेखि प्रहरीलाई दमन गर्न आदेश दिएको बुझिएको छ।
यसै विषयमा अनेरास्वयिूकी केन्द्रीय नेता आरती लामाले घटनाबारेमा खेद प्रकट गरेकी छन्। उनले सामाजिक सञ्जाल फेशबुकमा लेखेकी छन्, ‘परिक्षाको जायज माग राखी आज ज्ञापन पत्र बुझाउन जाँदा बुझ्न नमानेपछि भएको विवादलाई लिए मप विश्वविद्यालयका विद्यार्थीहरुमाथिको प्रहरी हस्तक्षेप खेदजन्य छ। घाइते विद्यार्थीहरुको स्वास्थलाभको कामनासहित छान्विन गरि दोषीलाई कारबाहीको माग गर्दछु।’