संसद विघटनका विरुद्ध देशभर अनेरास्ववियूद्वारा बयलगाढा प्रदर्शन


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेको विरोधमा अनेरास्ववियूले देशभर बयलगाडा प्रर्दशन गरेको छ।

नेकपा प्रचण्ड–नेपाल समूह निकटको अनेरास्ववियूले संघीयराजधानी काठमाडौँसहित देशका ठूला शहरमा रहेका मुख्यमार्ग र क्याम्पस रोडदेखि पार्कचोकसम्म बयलगाडा र्‍याली निकालेर विरोध जनाएको छ।

प्रधानमन्त्री ओलीले दोस्रो जनआन्दोलनमा ‘गणतन्त्र आउनु भनेको बयलगाडामा अमेरिका पुग्न जस्तै हो’ भनेर दिएको अभिव्यक्तिमाथि व्यंग्य गर्दै अनेरास्ववियूले बयलगाडा प्रदर्शन गरेको जनाएको छ।

कोणसभामा विद्यार्थी नेताहरुले प्रधानमन्त्री ओलीले गणतन्त्र ल्याउँदै गर्दा ‘गणतन्त्र आउनु भनेको बयलगाडामा अमेरिका पुग्न जस्तै हो’ भनेका थिए। अहिले पनि संसद् पुनःस्थापनाको आन्दोलनलाई समेत त्यसैगरी नजरअन्दाज गरेको र आफूहरुले संसद् पुनःस्थापना गराएरै छाड्ने दाबी गरेका छन्।

पुस ५ गते भएको प्रतिनिधिसभा विघटनको विरोधमा चरणबद्ध आन्दोलनमा रहेको अनेरास्ववियूले आइतबार देशका विभिन्‍न जिल्लामा बयलगाडा प्रदर्शन गरेको छ।

तस्बिर: मुकुन्द कालिकोटे