केपी ओली प्वाँख पलाएका कमिला हुन्: रन्जित तामाङ


काठमाडौँ। प्रधानमन्त्री केपी ओलीलाई अन्तीम पटक अनेरास्ववियूले सच्चिन आग्रह गरेको छ।

प्रचण्ड-नेपाल समूहको अनेरास्ववियूले प्रधानमन्त्री ओली तत्काल नसच्चिए बालुवाटारबाट घिसारेर बाल्कोट पुर्याउने चेतावनीसमेत दिएको छ।

संगठनका सहसंयोजक रञ्जित तामाङले लोकतन्त्र ल्याउनुमा केपी ओलीको एक प्रतिशत योगदान नभएको दाबी गरे। उनले ओलीको विगत प्रतिगामीसँग कुम जोडेर यहाँसम्म आएको स्पष्ट पारे। वयलगाढे प्रवृत्तिलाई अन्त्य गर्न आफूहरु सडकमा आएको बताउँदै ओलीलाई बयलगाढा चढाएर बालकोट पुर्याउनु पर्ने बेला आएको जानकारी दिए।

उनाले भने, ‘बालुवाटारबाट बाल्कोट जानका लागि राम्रो र असाध्यै सुन्दर बयलगाढा हामीले निर्माण गेर्नछौं। निकट समयमै ओलीलाई बालकोट पुर्याउनका लागि हामी सफल हुनेछौं। साइनो न सम्बन्ध राख्ने कुरा गरेर संसद विघटन गरेकाा छन्। यो सकिने मति हो। ओली प्वाँक पलाएको कमिला हुन्। आयू सकिएको अवस्था छ। बालुवाटारबाट घिसारेर बालकोट नपुयाएसम्म अनेरास्ववियूको आन्दोलन जारी रहनेछ।’

त्यस्तै अनेरास्ववियूकी केन्द्रीय नेता आरती लामाले गाणतन्त्र ल्याउदा खेरी केपी ओलीले प्रतिगामीलाई सहयोग पुग्ने खालको भाषण गरेको भन्दै कडा आलोचना गरेकी छन्।

उनले भनिन्, ‘गणतन्त्रको आन्दोलनमा अन्य नेताहरु कोही जेलमा हुनुहुन्थ्यो। कोही सडकमा हुनुहुन्थ्यो। तर, केपी ओली नेपालमा गणतन्त्र आउनु र बयलगाढा चढेर अमेरिका पुग्नु एउटै हो भन्दै भाषण गर्नुहुन्थ्यो। आजको व्यवस्था र उहाँको अवस्था भिन्नै भएका कारण आजको दिन आएको छ। यसको समना गर्न हामी सडकमा आएका छौं।’

प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलिभगतमा यहि पुस ५ गते संसद विघटन भएपछि चौतर्फि विरोध भइरहेको छ। संसद विघटनसम्बन्धि मुद्धा सर्वोच्च अदालतमा विचारधिन छ।