अनुदानको खोपको पर्खाइमा सरकार



काठमाडौँ। २०१९ डिसेम्बरदेखि शुरू भएको कोरोना महामारीका कारण आक्रान्त विश्व समुदाय यति बेला भाइरसविरुद्धको खोपको तीव्र प्रतीक्षामा छ । विश्वभर साढे ८ करोडभन्दा बढी संक्रमित भइसकेकोमा १९ लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन्।

संक्रमण रोक्न विश्वमा केही खोपहरू आकस्मिक प्रयोगमा आइरहेकामा ११ ओटा खोप तेस्रो चरणको परीक्षणमा छन् भने १ सयभन्दा बढी खोपमा अनुसन्धान भइरहेको छ। खोप बन्न थालेसँगै विश्वमा विभिन्न मुलुकले प्रि–अर्डर गर्न शुरू गरिसकेका छन् भने अमेरिका, चीन, कोस्टारिका, रसिया, चिली, बेलारुसलगायत देशले खोप लगाउन थालिसकेका छन्।

हाम्रै छिमेकी मुलुक भारतले पनि खोपको प्रिअर्डर गरेको छ भने आफै पनि खोप निर्माण गरिरहेको छ। अन्य देशहरूले कोरोना खोप खरीदको प्रक्रिया अघि बढाइसकेकोमा नेपाल भने अझै अनुदानको खोपको प्रतीक्षामा रहेको छ। नेपालले हालसम्म कुनै पनि खोपको प्रिअर्डर गरेको छैन। यो समाचार आजको आर्थिक अभियान दैनिकमा काशीराम बजगाईंले लेखेका छन्।