काठमाडौँ। संसद विघटनको विरोधमा नेपाली कांग्रेसले देशभर प्रदर्शन गरेको छ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीका मिलिभगतमा संसद विघटन भएपछि चौतर्फि विरोध सुरु भएको थियो। असंवैधानिक भनेको उसले देशभरका ३३० वटा निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको हो।
विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै नेताहरुले संसद विघटन असंवैधानिक भएको बताएका छन्। काठमाडौंलगायत देशका विभिन्न क्षेत्रहरुमा कांग्रेसले विरोध प्रदर्शन गरेको छ।