काठमाडौँ। प्रतिनिधिसभा विघटन तथा सरकारको स्वेच्छाचारी कदम विरोधमा अहिंसात्मक नागरिक प्रदर्शनमा डा. गोविन्द केसी उत्रिएका छन्।
संविधानवको रक्षा, प्रतिनिधिसभा पुनर्स्थापना र प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छारी कदम अन्त्यको माग गर्दै केसी लगायतले माइतीघर मण्डलामा विरोध प्रदेश गरेका हुन्।
प्रदर्शनमा डा. केसीले ‘प्रतिनिधिसभा मार्न पाइदैन, निरंकुश सरकार चाहिँदैन’ भन्ने प्लेकार्ड बोकेका थिए। विरोधका क्रममा निषेधित क्षेत्रमा बसेको भन्दै डा.केसीलगायतलाई प्रहरीले हटाएको थियो।
कार्यक्रममा सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा सदस्य नरहेकाले केपी शर्मा ओली वैध प्रधानमन्त्री नभएको बताए। ओलीले संविधान र लोकतन्त्रलाई अपहरण गरेको त्रिपाठीको आरोप छ।
अधिवक्ता ओमप्रकाश अर्यालले संविधानवाद र लोकतन्त्र रक्षाका लागि संसद पुनस्र्थपना हुनुपर्नेमा जोड दिए। नेपालको संविधान र लोकतन्त्र धरापमा परेको उनले बताए। प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेकी थिइन्। यसको विरोधमा संसदमा एक दर्जन रिट दर्ता भएका छन्।