काठमाडौँ। वागमती प्रदेशकी सांसद एव नेपाली कांग्रेसकी नेता कल्पना नेपालीले युवाहरु भाषण गर्नेभन्दा पनि काम गरेर देशलाई योगदान दिनुपर्नेमा जोड दिएकी छन्।
बोष्टर मिडिया प्रा.लि.को सातौ वार्षिकोत्सव कार्यक्रमकी विषेश अतिथिसमेत रहेकी नेता नेपालीले युवाहरुले पर्यटन क्षेत्रमा विषेश योगदान दिनुपर्नेमा जोड दिएकी हुन्। पर्यटन विकासकाे क्षेत्रमा योगदानका लागि युवाहरु तयार रहनुपर्ने बताउँदै सांसद नेपालीले भनिन्, ‘भाषण गर्ने, कुरा गरेर दिन विताउने काम पाका नेताहरुको हो। हामीले त काम गर्ने बेला हो। देशको विकास र समाजको लागि उदाहरणी काम गर्ने बेला हो।’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल प्रमुख अतिथि रहेकाे कार्यक्रममा सांसद नेपालीले नारीहरुले आफूलाई सिङ्गार पटार गर्नमा समय दिन सक्छन् त्यत्तिकै समय देश निमार्णका लागि दिन आग्रह गरेकी छन्।
उनले अगाडि भनिन्, ‘हामी नारीहरु आफूलाई सन्दर बनाउन, आफ्नो घरबारीलाई सफा राख्न जति समय दिन्छौं। त्यक्तिकै समय देश बनाउन, पर्यटनको विकास गर्न र सशक्तिकरणका कार्यक्रमलाई दिनु पर्छ। अचेल हामी टिकटममा रमाइरहेका छौं। हाम्रा गाउँ घरमा रहेका, हाम्रो वरपरका पर्यटकीयी क्षेत्रमा टिकटकमा समावेश गर्नु राम्रो हुन्छ।’
कार्यक्रममा पूर्वमन्त्री लालबाबु पण्डित, शेरबहादुर तामाङलगायतले मिडियाको थप प्रगतिका लागि शुभकामना दिनुकासाथै आफ्ना कुराहरु राखेका थिए।