‘निर्मला पन्तको बलात्कारी खै?’ भन्नेहरु पक्राउ


कैलाली। जिल्लाको धनगढिमा आयोजित कार्यक्रमबाट ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएकाहरु पक्राउ परेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको सभामा सहभागी सात जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। नेकपा ओली समूहले शुक्रबार धनगढीमा सभा गरेको थियो।

उक्त सभालाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष ओली सम्बोधन गर्न धनगढि पुगेका थिए। प्रधानमन्त्री आउने थाहा पाएका युवाहरु ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाएर कार्यक्रम स्थल पुगेका थिए।

२ चैत २०७६ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार गएका प्रधानमन्त्री ओली त्यसयता कार्यालय पुगेका छैनन्। तर, उनी शुक्रबार धनगढी पुगेका छन्।

उनी कुनै विकास निर्माणका रणनीतिक योजनाको उद्घाटन वा अनुगमनका लागि धनगढी गएका होइनन्। आफूले चालेको असंवैधानिक कदमको बचाउ गर्न र आफ्ना पूर्वसहकर्मीका विरूद्ध भाषण गर्न गएका हुन्।