काठमाडौँ। बिहीबार नेकपा (प्रचण्ड-नेपाल) समूहद्वारा आयोजित नागरिक समाजका अगुवाहरुसँगको कार्यmक्रममा सहभागिले जनतासँग माफि माग्नुपर्ने सुझाव दिएका छन्।
कार्यक्रममा पूर्व सभामुख दमनाथ ढुंगाना, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दीनेशचन्द्र देवकोटा, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, नागरिक अगुवा कृष्ण पहाडी, अख्तियारका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, मानव अधिकारकर्मी मोहना अन्सारी, राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री, पूर्व मुख्यसचिव लिलामणि पौडेल, सम्पादक तथा लेखक नारायण वाग्लेलगायतले पार्टी एकतायता नेकपाका तर्फबाट भएका कमीकमजोरी र गल्तीप्रति जनतासामू माफी माग्नुपर्ने धारणा राखेका छन्।
नेकपाको विभाजित घटककै ब्यानरमा जनता सडकमा आउन मुस्किल हुने उनीहरुको भनाइ थियो । सरकार गठनयता नेकपाको काम नै झगडा सिर्जना गर्ने र मुलुकलाई त्यसैमा अल्झाउने भएकाले पार्टीको कलहका कारण प्रधानमन्त्रीले असंवैधानिक कदम चाल्न पुगेको बुझाइ जनतामा रहेको उनको मत थियो । प्रधानमन्त्रीको कदमबाट संविधानको ठाडो उलङ्घन भएको कुरा जनताका बीचमा स्थापित गराउनुपर्नेमा उनीहरुको जोड थियो ।
पूर्व सभामुख ढुंगानाले राजनीतिक संकट आउँदा मात्रै विज्ञहरुलाई सम्झिएको भन्दै राजनीतिक दलहरुको प्रवृतत्तमाथि नै प्रश्न गरे । उनले प्रधानमन्त्रीले के गर्दै हुनुहुन्छ भन्ने आफ्नै दलका नेताहरुलाई थाहा नहुने अवस्था कसरी भयो त्यसको जवाफ नेताहरुले दिनुपर्ने उनले बताए । नेता नेपालको आह्वानप्रति लक्षित गर्दै ढुंगानाले भने, ‘हामीलाई किन बोलाउनु भो रु तपाईले उत्तर दिन नसक्नुहोला। फोहोर गर्ने तपाईहरु अनि नागरिक समाजले सफा गर्नुपर्ने रु’
ओलीले प्रतिनिधिसभा विघटन गर्नुपर्ने दिन आउनुको कारणमा प्रचण्ड नेपाल पनि जिम्मेवार रहेको उनको भनाई थियो। उनले भने, ‘बारम्बार संविधान किन तोडिदैछ रु ओलीसँगै तपाई पनि जिम्मेवार हो। यो सत्तामा रहेको प्रधानमन्त्री र सत्ता बाहिर रहेका पूर्व प्रधानमन्त्रीबीचको लडाइँ हो। नेकपा भित्र पदमा रहेका र नरहेकाहरुको लडाइँ हो।’
त्यस्तै मानवअधिकारकर्मी कृष्ण पहाडीले विगतमा भएका सैद्धान्तिक र नीतिगत भूलको समीक्षा गरी गल्ती नदोहोर्याउने प्रतिवद्धता जनाएर मात्रै आन्दोलनमा जान सुझाव दिए । गलत कदम चाल्ने प्रधानमन्त्री ओलीको पतन निश्चित भएको पनि उनले बताए । प्रधानमन्त्री ओलीले आफू पतन हुँदै लोकतन्त्रलाई पनि पतन गराउने हुनु कि भन्ने खतरा रहेको पहाडीको आशंका थियो । सरकारले वैशाखमा चुनाव गर्ने कुनै मनसाय नराखेको समेत पहाडीको भनाई थियो ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता हरि दाहालले असंवैधानिक कदमको विरुद्धमा सबै दल एक भएर आन्दोलनका कार्यक्रम गर्न सुझाव दिए । सबै दल एक भए मात्रै संविधान र लोकतन्त्रको रक्षा गर्न सकिने उनको भनाई थियो । मानवअधिकारकर्मी मोहना अन्सारीले स्वतन्त्र रुपमा नागरिकले बाँच्न पाउने अधिकार विस्तारै कुण्ठित हुने अवस्था आउन लागेको बताइन् ।
अहिलेको विकसित राजनीतिक घटनाक्रमले संवैधानिक संकटतर्फ देश धकेलिरहेको उनको भनाई थियो । अर्थविद् दिपेन्द्रबहादुर क्षेत्रीले प्रधानमन्त्रीले आफ्नो नैतिकता देखाउन नसकेको आरोप लगाए । प्रधानमन्त्रीमा देखिएको हठका कारण देशमा राजनीतिक संकट उत्पन्न भएको क्षेत्रीको भनाई थियो ।
पूर्व मुख्यसचिव लिलामणि पौडेलले मुलुक अस्थिरता र संवैधानिक संकटतर्फ जाने खतरा बढेको बताए । राजनीतिक दलहरुले सरकारमा बसेका बेला पारदर्शी ढंगले सरकार सञ्चालन गर्छन् वा गर्दैनन् भन्ने कुरालाई हेरेर अबको दिनमा हुने आन्दोलनमा जनताले साथ दिने वा नदिने कुराको निर्धारण हुने उनको भनाई थियो ।