अनेरास्ववियूद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन (फोटो फिचर)



काठमाडौँ। असंवैधानिक तवरबाट गरिएको संसद विघटनका विरुद्धमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव समूह निकटका विद्यार्थीहरुले प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएका छन्।

प्रचण्ड-माधव समूह निकट अनेरास्ववियूमा आवद्ध विद्यार्थीले प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस, नेपाल ल क्याम्पस, वाल्मिकी क्याम्पस र नेपाल कमर्स क्याम्पस मीनभवन आवसपासमा प्रधानमन्त्रीको पुत्ला जलाएका हुन्।

अनेरास्ववियूका केन्द्रीय नेता सुदेश पराजुलीले प्रधानमन्त्री केपी ओली अराजक बनेको भन्दै चर्को आलोचना गरेका छन्। गणतन्त्र लायक नलागेको भन्दै असंवैधानिक तवरले भंग गरेको उनको भनाई छ। साथै उनले राष्ट्रपति विद्यादेवी भण्डारीले निश्पक्षता प्रर्दशन गर्न नसकेको भन्दै ओलीको गोटी बनेको आरोप लगाए।

उनले भने, ‘संविधानको चिरहरण गर्ने जस्तो कार्यमा साथ दिनुभयो। ओलीको गुटको कार्यकर्ताको रुपमा उभिनु भएको छ। ओली र ट्रम्पका गिविधि उस्तैछन्। अनेरास्ववियू इतिहास बोको संगठन हो। तानाशाहहरुके अन्त्य कसरी गर्न सकिन्छ। हामीलाई राम्ररी थाह छ। तपाईंहरु (ओली-विद्या) तत्काल सच्चिनुहोस्। तपाईंहरुलाई भोलिका दिनमा गाह्रो पर्नेवाल छ। म यो चुनौती दिन चाहन्छु। म यो चुनौती दिन चाहन्छु, तपाईंसँग प्रतिस्पर्धाका लागि हास्यकलाकार छन्। तपाईंको प्रधानमन्त्री पद थुति सकेको छ।’

त्यस्तै आरआरको विरोध कार्यक्रममा संगठनका केन्द्रीय सदस्य तथा आरआरका स्ववियू सभापति तपेन्द्रजंग शाहीले प्रधानमन्त्रीले असंवैधानिक रुपमा चालिएको कदमलाई निश्चेज पारेरै छाड्ने दाबी गरेका छन्। विरोधपछिको कोर्णसभामा बोल्दै शाहीले राजनीतिक संस्कारभित्र रहेर सरकारको विरुद्धमा आन्दोलन जारी राखिने बताए।

उनले भने, ‘हामी राजनीतिक संस्कार र विधिका बारेमा जानकार छौं। प्रधानमन्त्री केपी ओलीले गलत बाटो तय गरेपछि यसको विरुद्धमा हामीहरु आन्दोलनमा उत्रिनु परेको हो। संसद विघटनलाई कुनै पनि हालतमा रोक्नुपर्छ। गलत नजिर बस्न दिनुहुँदैन। ठूलो त्याग, संघर्ष र बलिदानबाट प्राप्त गरेको परिर्वतनलाई संस्थागत गर्नका लागि हामीहरुले यो आन्दोलन गरिरहनु परेको छ।’

तस्बिर मुकुन्द कालिकोटे