मणी थापालाई जाजरकोटमा कालो झण्डा



जाजरकोट। नेकपा ओली समूहका नेता तथा खानेपानी मन्त्री मणी थापालाई जाजरकोटमा कालो झण्डा देखाएर विरोध गरिएको छ।

पुस ५ गते प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलिभगतमा संसद विघटन भएपछि आन्दोलित बनेको अ‍ेनरास्ववियूले मन्त्री थापालाई कालो झण्डा देखाएको केन्द्रीय नेता सुरेन्द्र बस्नेतले जानकारी दिए।

मंगलबार पार्टीले आयोजना गरेको कार्यक्रलाई सम्बोधन मन्त्री थापा जाजरकोट पुगेका थिए। बुधबार बिहान अनेरास्ववियू (रञ्जित) समूहले कालो झण्डा देखाएका हुन्। नेकपा ओली पक्षको कार्यक्रममा सहभागी हुन जाजरकोटबाट नेपालगन्ज जाँदै गर्दा मन्त्री थापालाई कालो झण्डा देखाएकाे अनेरास्वयिू जाजरकोटले जनाएको छ।

अनेरास्ववियूको केन्द्रीय सर्कुलर बमोजिम नै जाजरकोट भेरी नगरपालिका–४ बोहरामा कालो झन्डा प्रदर्शन गरिएको हाे। अनेरास्ववियूले  मंगलबार संगठनको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर विरोधका कार्यक्रमहरु सार्वजनिक गरेको थियो। दोस्रो चरणको कार्यक्रम अन्तर्गत पौष २१ गतेदेखि ओली सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउने कार्यक्रम छ।