गृहमन्त्री बादललाई चितवनमा कालोझण्डा



चितवन। गृहमन्त्री रामबहादुर थापालाई चितवनमा नेकपा प्रचण्ड–माधव नेपाल समूहका कार्यकर्ताले कालो झण्डा देखाएका छन्। उनीहरुले भरतपुरको हाकिम चोकमा कालोझण्डा देखाएका हुन् । यसअघि भरतपुर विमानस्थल परिसरमा कालो बेलुन उडाएर उनको विरोध भएको थियो।

नेकपा ओली समूहको अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्न बादल सोमबार गृहजिल्ला चितवन पुगेका हुन्। पूर्वमाओवादी धारका बादल नेकपा विभाजित बनेपछि ओलीतिर लागेका छन्।