सीताको उपचारको लागि प्रचण्ड भारत प्रस्तान



काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि भारत प्रस्थान गरेका छन्।

लामो समयदेखि विरामी रहेकी पत्नी दाहालको उपचार मेडिसीटी अस्पतालमा चलिरहेको थियो। त्यहाँ सुधार नदेखिएपछि थप उपचारका लागि भारतको मुम्बई जान लागेको प्रचण्डको निजी सचिवालयले जनाएको छ। यसअघि सीता दाहालको अमेरिकास्थित जोन हप्किन्स अस्पतालमा पनि उपचार भएको थियो।