विमानस्थलबाट ५० राउण्ड गोलीसहित दुई पक्राउ



काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ५० राउण्ड गोलीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बद्रीहाङ राई र मुनादेवी राई रहेको प्रहरीले जनाएको छ। उनीहरु नाताले आमाछोरा रहेको विमानस्थल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार त्रिभुवन विमानस्थलबाट श्री एयरलाइन्सको जहाजबाट झापा भद्रपुर जान लागेका उनीहरुलाई चेकजाँच गर्दा झोलामा लुकाएको अवस्थामा सो परिमाणको गोली फेला परेको हो। मुनादेवीको श्रीमान अवकास प्राप्त सईको श्रीमती रहेको जनाइएको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।