काठमाडौँ। नेकपा केपी ओली समूह निकट अनेरास्ववियूले काठमाडौँमा प्रदर्शन गर्नुका साथै भेला सम्पन्न गरेको छ।
राजधानीको माइतीघरबाट बबरमहल कार्की ब्याङ्केटसम्म उक्त संगठनले प्रदर्शन गरेको हो। प्रदर्शनका क्रममा विद्यार्थीहरुरुले नेकपा प्रचण्ड माधव पक्षका नेताहरुविरुद्ध नाराबाजी गरेका थिए।
प्रदर्शनपछि कार्की ब्याङ्केटमा संगठनको भेला सुरु भएको थियो। भेलालाई प्रधानमन्त्री एवम् नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका थिए।
तस्बिर: मुकुन्द कालिकोटे