८औं राष्ट्रिय पोशाक दिवस मनाइयाे



काठमाडौँ। अंग्रेजी नयाँ वर्षको दिनमा आयोजना गरिदै आएको पोशाक दिवस मनाईएको छ।

संघीय राजधानी काठमाडौँमा शुक्रबार ८औं राष्ट्रिय पोशाक दिवस मनाइएको छ। युवाहरुले राष्ट्रिय पोशाकसहित काठमाडौँमा मार्च पास गरी दिवस मनाएका हुन्।ढाका र भाद्भाउले टोपी, दौरा, सुरुवाल, गुन्यु—चोली लगाएका युवाहरुले नेपाली झण्डासहित मार्चपास गरेका छन्।

राष्ट्रिय धरोधर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा भएको मार्चपास माइतीघर मण्डलाबाट सुरु भएर नेपाल कला परिषद् पुगेर माइतीघरमै टुङ्गिएको थियो।