सुर्खेत। कर्णाली प्रदेश अन्तरगत अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति गणेशप्रसाद सिंह चढ्दै आएको गाडि बिहिवार राति अज्ञात समूहले आगजनी गरेको छ।
कर्णाली प्रदेश ०२ ००१ झ ००४० नम्बरको उक्त गाडि भेरी नगरपालिका ७ पुनमा बिहिबारराति करिब १० बजेको समयमा अज्ञात समूहले पेट्रोल छर्केर आगजनी गरेको प्रहरीले जनाएको छ।
गाडि पुर्ण रुपमा क्षति बनाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। गाडि कुन परियोजनामा पुन्मा गएको भन्ने हालसम्म नखुलेको प्रहरीले जनाएको छ। जाजरकोटबाट निर्वाचित प्रदेश सभा सांसद सिंहले पनि यसका बारेमा आधिकारिक जवाफ दिएका छैनन्।