नयाँ वर्ष २०२१ को स्वागतमा कलाकारहरु


मुम्बई। बर्ष २०२१ सुरु हुन अब केही घन्टामात्र बाँकी रहेको छ। नयाँ बर्ष लाग्दै गर्दा बलिउड स्टार्स सामाजिक सञ्जालमा विभिन्न पोष्ट मार्फत छाउन थालेका छन्।

यो क्रममा कोही कलाकार फ्यानका साथ २०२० को अनुभव शेयर गरिरहेका छन्। कोही २०२०का सम्झना लाएक बिषय राखिरहेका छन्। केही कलाकारले त २०२१को सेलिब्रेसन तस्बिरसमेत शेयर गरिरहेका छन्।

लिउड अभिनेत्री मल्लिका शेरावत पनि नयाँ बर्षको स्वागतका लागि केरला पुगेकी छन्। उनले केरलाका केही तस्बिर समेत शेयर गरेकी छन्। जसलाई फ्यानले लाईकका बर्षा गरिरहेका छन्। तस्बिरमा मल्लिकालाई निकै हट एण्ड ग्ल्यामरस देख्न सकिन्छ।