सीता दाहाल अस्पताल भर्ना


काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल अस्वस्थ बनेकी छन्।

अस्वस्थ बनेपछि उनलाई अस्पताल भर्ना गरिएको छ। छोरी गंगा दाहालले सीताको तस्विर सेयर गर्दै उनको उपचार भइरहेको जनाएकी छन्। सीता दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन्।

त्यसलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) भनिन्छ। यसअघि उनको अमेरिकास्थित जोन हप्किन्स अस्पतालमा समेत उपचार भएको थियो।