संसद विघटनविरुद्ध अनेरास्ववियू आन्दोलित (फोटोसहित)



काठमाडौँ। असंवैधानिक तवरले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि विरोधको राको झन् रापिलो बन्दै जाने संकेत देखिएको छ।

प्रधानमन्त्री र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलिभगतमा सन्कि पारामा संसद विघटन गरेपछि चौतर्फि आन्दोलन सुरु भएका छन्। यसै क्रममा नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड-नेपाल) पक्षको विद्यार्थी संगठन अनेरास्ववियूले सोमबार राजधानीका विभिन्न स्थानहरुमा रचनात्मक तथा ससाल जुलुस निकालेर विरोध प्रदर्शन गरेको छ।

मीनभवनस्थित नेपाल कमर्स क्याम्पसबाट सवा ६ बजे मसाल जुलुस निकालेको थियो। प्रधानमन्त्री ओलीले संसद विघठन गरेको विरोधमा स्वाहा कार्यक्रमसमेत गरेकाे छ।

प्रचण्ड–माधवकुमार नेपाल पक्षधर अनेरास्ववियू राजधानीको वाल्मिकी क्वाम्पस सोमबार अनेरास्ववियूका केन्द्रीय नेताहरुले व्यंग्यात्मक कार्यक्रम आयोजना गरेका थिए।

संसद विघटनले प्रतिगमन फर्काएको भन्दै उनीहरुले ‘केपी ओली स्वाहा, लोकतन्त्र स्वाहा, बयलगाठा स्वाहा, मूल्य–मान्यता स्वाहा, रेल स्वाहा, गणतन्त्र स्वाहा, जनजीविका स्वाहा, ललिता निवासको जग्गा स्वाहा, विधिको शासन स्वाहा भन्दै व्यङ्ग्यत्मक पूजा गरेका थिए।

तस्बिर: मुकुन्द कालिकोटे