ओलीको असंवैधानिक कदमविरुद्ध कांग्रेस सडकमा (फटने फिचर)



काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सोमबार देशभर प्रदर्शन गरेको छ। जसअनुसार काठमाडौंमा पनि काँग्रेसले प्रदर्शन गरेको छ। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा काँग्रेसले सडकबाट प्रदर्शन गरेको हो।

काँग्रेसले काठमाडौंका १० निर्वाचन क्षेत्रलाई आधार बनाएर १० स्थानमा प्रदर्शन गरेको छ। जसअनुसार निर्वाचन क्षेत्र नम्बर १ मा नयाँबानेश्वरस्थित होटल एभरेस्ट अगाडि, निर्वाचन क्षेत्र नम्बर २ मा कोटेश्वर चोक, निर्वाचन क्षेत्र नम्बर ३ मा जोरपाटी चोक, निर्वाचन क्षेत्र नम्बर ४ मा नारायणचौर नक्साल, निर्वाचन क्षेत्र नम्बर ५ मा महाराजगन्जस्थित नारायणगोपाल चोक, निर्वाचन क्षेत्र नम्बर ६ मा मनमैजुस्थित लोकतान्त्रिक चोक, निर्वाचन क्षेत्र नम्बर ७ मा बालाजु चोक, निर्वाचन क्षेत्र नम्बर ८ मा बसन्तपुर डबली, निर्वाचन क्षेत्र नम्बर ९ मा कलंकी चोक र निर्वाचन क्षेत्र नम्बर १० मा कीर्तिपुर बजारलाई विरोध कार्यक्रम स्थल तोकिएको थियो। जसअनुसार सरकारविरुद्ध नाराबाजीसहित विरोधसभा गरिएको छ।

काठमाडौँ क्षेत्र नम्बर १ को कार्यक्रमलाई पूर्वमहामन्त्री प्रकाशमान सिंहले सम्बोधन गरेका छन्। उनले संसद विघटनविरुद्ध कांग्रेस विज्ञप्ति निकालेर नबस्ने भन्दै कडा प्रतिवाद गर्ने बताए।

तस्बिर: मुकुन्द कालिकोटे