काठमाडौँ। पूर्वसभामुख कृष्णबहादुर महरासँग नेपालका लागि चीनका राजदूत हाउ यान्छीले आज शिष्टाचार भेटवार्ता गरेकी छन्।
भेटमा उहाँहरुबीच आपसी हित र द्विपक्षीय चासोका विषयमा विचार विमर्श भएको थियो। पछिल्लो पटक नेकपा ‘प्रचण्ड-नेपाल’ समूहले पूर्वसभामुख महरालाई स्थायी कमिटीमा मनोनयन गरेको थियो।
नेता महराका अनुसार भेटमा आपसी हित र चासोका विषयमा छलफल भएको हो। राजदूत यान्छीले आजै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग पनि शिष्टाचार भेटावार्ता गरेकी थिइन्।