अदालतले संसद विघटन असंवैधानिक भन्नेछ: प्रचण्ड


काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालतप्रति आफूहरुको भरोसा रहेको बताएका छन्।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘संविधानको मर्म र भावना, जनभावना अनुसार प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक छ भन्ने फैसला गर्छ भन्ने विश्वास लिएका छौं।’

संसद विघटनको मुद्दा अदालतसँगै जनता र सडकमा गएको प्रचण्डको भनाई छ। नेकपा सडकमा आएको र अरु दलसँग मिलेर संयुक्त संघर्ष गर्ने तयारीमा रहेको पनि प्रचण्डले जानकारी दिए।

तस्बिर: मुकुन्द कालिकोटे