काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले निर्वाचन आयोगलाई (नेकपा) को वैधानिकता विवादलाई तत्काल टुंग्याउन आग्रह गरेका छन्।
शुक्रबार माइतिघरदेखि नारा जुलुससहित निर्वाचन आयोगको कार्यालय कान्तिपथ पुगेर प्रचण्डले प्रमुख निर्वाचन आयोगलाई यस्तो आग्रह गरेका हुन्। निर्वाचन आयोग पुगेर प्रचण्डले संविधान र कानूनका आधारमा आधिकारिक नेकपा आफूहरु भएको दावी गरे पेश गरेका छन्।
प्रचण्डले भने, ‘पार्टी एकीकरण गर्दा बनेको ४४१ जना र पछि थपिएका चार जनामध्ये अहिले हामीसँग ३१५ जना छौं। सशरीर बोलाउनुभयो भने पनि हामी उपस्थित हुन तयार छौं।’
प्रचण्डले अगाडि भने, ‘नेकपा विभाजन अगाडिका एक सय जनाले ११ सय बढी सदस्य संख्या पुर्याउँदैमा वैधानिकता अरुले पाउने भन्ने हुन्छ ? हामीसँग पार्टी विभाजन भएको अनुभव छ। विश्वास छ, आयोगले परम्परा, विधान र ऐनअनुसार निर्णय लिनेछ। त्यसका लागि आवश्यक समन्वय गर्न तयार छौं। ‘दुई तिहाइ बढीको बैठक बसेर गरिएको माइन्युट बुझाएका छौं। त्यसो हुँदा वैधानिकता विवाद छिटो टुंग्याइयोस्।’ प्रचण्डको जवाफमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले (नेकपा) को वैधानिकता विवाद निरुपण तोकिएको अवधिभन्दा अगाडि नै हुने बताएका छन्।
त्यस्तै (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले सूर्य चुनाव चिह्नमा कसैले आँखा लगाउन नसक्ने दाबी गरेका छन्। निर्वाचन आयोग पुगेर नेता नेपालले पार्टीको नाम र निर्वाचन चिह्नमा कसैले आँखा लगाउन नसक्ने बताएका हुन्।
नेपालले भने, ‘२९५ जना केन्द्रीय सदस्यहरुको हस्ताक्षर र नेताहरुसहित निर्वाचन आयोग पुगेर अध्यक्ष नेपालले संविधान र कानूनका आधारमा आफूले वैधानिकता पाउने बताए। ‘दुई वटा त संविधान लेख्ने मान्छेहरु यहाँ छौं, संविधान लेखेकाहरु आएका छौं। मलाई विश्वास छ, प्रचलित कानूनकै आधारमा आयोगले निर्णय लिन्छ। वैधानिकता प्रमाणित गर्न सबै नेताहरु नै आएको सन्दर्भ निकाल्दै नेपालले भने, ‘मास्क लगाएका छौं। मास्क फुकाल्न पनि तयार छौं।’