ओलीको गृहजिल्लामा प्रचण्ड-नेपाल पक्ष कमजोर



काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो गृहजिल्ला झापामा बलियो अवस्थामा देखिएका छन्। जिल्लाका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र पार्टी कमिटीमा ओली समूह बलियो देखिएको हो।

१७७ सदस्यीय जिल्ला कमिटीमा पूर्व एमालेबाट १०६ जना र पूर्वमाओवादीबाट ७१२ जना रहेका छन्। पूर्वएमाले पक्षधर ६० प्रतिशत रहेको झापामा ओली पक्षीयको बहुमत रहेको छ भने पूर्वमाओवादी पक्षबाट पनि केही ओलीतिर लागेको राजधानी दैनिकमा खबर छ। जिल्ला अध्यक्ष चिन्तन पाठक केन्द्रीय सदस्य भएका छन्। यस्तै पूर्वसांसद तथा कार्यालय सदस्य प्रेम गिरी केन्द्रीय सदस्य भइसकेका छन्। यसैगरी कार्यालय सदस्य राजेन्द्र दाहाल अहिले ओली कित्तामा लागेका छन्।

पूर्वमाओवादीबाट सचिव रहेका मणि लिम्बु बादल समूहमा छन्। कार्यालय सदस्य चन्द्रा श्रेष्ठ, मोहन टुडु, अरुण श्रेष्ठ भने प्रचण्डनेपाल समूहमा रहेका छन्। कार्यालय सचिव शिवकुमार ढुंगेल ओली समूहमा खुलेर लागेको समाचारमा उल्लेख छ। यस्तै स्थानीय तहका प्रमुख र उपप्रमुखमा पनि ओली पक्षको बहुमत स्पष्ट देखिएको समाचारमा उल्लेख छ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ। एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ।