त्रिभुवन विश्वविद्यालयले हिउँदे बिदा नदिने


काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले यसपटक हिउँदे बिदा नदिने भएको छ।

विश्वविद्यालयको भौतिक तथा भर्चुअल कक्षालाई जाडो बिदाका बेलामासमेत निरन्तरता दिन हिउँदे बिदा नदिने निर्णय विश्वविद्यालयले गरेको हो।

विश्वविद्यालयका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले यसपटक विश्वविद्यालय मातहतका क्याम्पसमा बिदा नदिइने र कक्षा निरन्तर रूपमा सञ्चालन गरिने जानकारी दिएका छन्।

कोरोना महामारीका कारण शैक्षिक सत्र नै खतरामा परेको बेलामा हिउँदे बिता कतौती गरिएको छ। गत चैतमा तोकिएका परिक्षाहरु अहिले विद्यार्थीहरुको भौतिक उपस्थितिमै सुरु भइरहेका छन्। काठमाडौँमा कोरोनाको करह कम भइ नसकेको परिस्थितिमा पनि त्रिवीले उक्त जोखिम मोलिरहेको छ।