काठमाडौँ। संघीय राजधानी सुन्धारामा निर्माण भइरहेको धरहराको २०औँ तलाको काम सम्पन्न भएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले २०औँ तलामा बारदली बनाउने काम भइराखेको जानकारी दिए। सीइओ ज्ञवालीले यसै आर्थिक वर्ष भित्रै काम सम्पन्न हुने बताएका छन्।
उनका अनुरा धरहराको २०औँ बारदलीबाट सर्वसाधारणले उपत्यकाको अवलोकन गर्न पाउनेछन्। धरहरा २३ तलाको हुने छ। धरहरा परिसरभित्र एक हजारभन्दा बढी सवारीसाधन अट्ने (तीन तले) पार्किङ स्थल निर्माणको काम पनि तीव्रगतिमा भइरहेको सिइओ ज्ञवालीले बताउछन्।
त्यसबाहेक टक्सार संग्राहलय, भूकम्प संग्राहलयलगायतको भवनको निर्माण कार्य पनि भइराखेको छ। जमिनमुनिको दुई तलाबाट लिफ्ट प्रयोग गरी २० औं तलासम्म जान मिल्ने गरी तयार पारिएको ढाँचामा धरहराको पूनर्निर्माण भइरहेको छ।