तस्बिर: मुकुन्द कालिकोटे
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको नर्व निर्मित भवन उद्घाटन गरेका छन्। ९० करोडको १५ लाखमा बनेको सुविधा सम्पन्न भवनको बुधबार प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन्।
सरकारी वकिलहरुको तेस्रो राष्ट्रिय सम्मेलन तथा कार्यालयको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा पुगेका प्रधानमन्त्री ओलीले समारोहलाई करिब १० मिनेट समय दिएका थिए। यसअघि उनले गर्ने भाषणको तुलनामा निकै कम समयभित्र आफ्ना कुराहरु राखेका थिए।
सम्बोधनको क्रममा उनले नयाँ संविधान बमोजिम आएका कानूनहरुको कार्यान्वयन, न्याय निरुपण तथा फौजदारी मुद्दाको अभियोजनका लागि सरकारी वकिलहरुको भूमिका अपरिहार्य हुने बताए।
वकिलहरुको जारी सम्मलेनले यी विषयहरुमा थप सुधार हुने विश्वास व्यक्त गरेका थिए। उनले न्याय क्षेत्रकै विषयमा आफ्नो सम्बोधन केन्द्रित गर्दै भने, ‘अरु विषयमा प्रवेश गर्नु उपयुक्त ठान्दिनँ।’