काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) ले प्रतिनिधिसभा विघटनको विरुद्धमा संघर्षका कार्यक्रम घोषणा गरेको छ।
मंगलबार बसेको जसपाको केन्द्रीय कार्यकारीणी समितिको बैठकले तीन दिने संघर्षका कार्यक्रम घोषणा गरेको हो। बैठकपछि जारी विज्ञप्तिमा पुस १० गते सबै जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र १२ गते काठमाडौँमा केन्द्रीकृत जनप्रदर्शन गर्ने निर्णय गरेको उल्लेख छ।
त्यस्तै बैठकले संसद अधिवेशन आव्हान गर्न सभामुख अग्नि सापकोटालाई आग्रह गर्ने निर्णय पनि गरेको छ। प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद जिवितै रहेको निष्कर्षसहित सभामुख अग्निप्रसाद सापकोटालाई बैठक शुरु गर्न आग्रह गर्ने निर्णय गरेको हो।