काठमाडौँ। अध्यक्ष केपी शर्मा ओलीलाई बार्टीबाट बर्खास्त गरिएपछि नेकपाको नयाँ अध्यक्षमा माधव नेपाल चयन भएका छन्।
प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले ओलीलाई बर्खास्त गरेको घोषणा गरेसँगै वरिष्ठ नेता माधव नेपाललाई नयाँ अध्यक्ष चयन गरेको घोषणा गरेको हो।
वरिष्ठ नेपाललाई पार्टीको अध्यक्ष बनाउने प्रस्ताव अर्का वरिष्ठ नेता झलनाथ खनालले बैठकमा पेश गरेका थिए। सो प्रस्तावलाई सर्वसम्मतिले पारित भएको हो।