काठमाडौँ। नेपाली कांग्रेस चितवनका युवा नेता भरत सापकोटा राजनीति र समाजसेवालाई एकसाथ अघि बढाइरहेका छन्।
राजनीति गर्ने युवाहरुले राजनीतिसँगै व्यवसायमार्फत पनि देश र समाजलाई सुमार्गमा हिडाउनु पर्छ भन्ने लक्ष्यका साथ अघि बढिरहेका सापकोटा युवा उद्यमी पनि हुन्। उनी नेपाली कांग्रेसकी नेता सुजाता कोइराला परराष्ट्रमन्त्री भएको बेला स्वकिय सचिवसमेत भएका सापकोटा चितवन कांग्रेसका लागि बलिया खम्बा मानिन्छन्।
महाभुकम्प बाढी पहिरोलगायतका आपतकालीन अवस्थामाझैं कोरोना महामारीको यस घडिमा सापकोटा दम्पतिले असहजतामा परेका मानिसहरुलाई निरन्तर सहयोग गर्दै आइरहेका छन्। व्यक्तिगत रुपमा उनीहरुले सहयोग गर्दै आइरहेका छन्।
खुल्लामञ्चको खुल्ला आकाशमा साँझ बिहानको छाक टार्न धौधौ भएर प्रताडित भएका मानिसहरुलाई खाना प्रदान गर्ने काममा सापकोटा दम्पति महत्वपूर्ण हात रहेको थियो। कोरोना पीडितलाई त्यहाँबाट महानगरले लखेटे पनि सहयोगी संस्थाले थापाथलिमा लगेर खानालाई निरन्तरा दिदै आएको छ। थापाथलिमा छाक टार्दै आएका कोरोना पीडितलाई खानाको लागि सापकोटा दम्पतिले सहयोग गरिरहेका छन्।
त्यस्तै उनीहरुले विभिन्न वृद्ध आश्रमहरुसमेत खाद्यवस्तु तथा लत्ता कपड़ाहरुसमेत सहयोग गर्दै आएका छन्। सरकारले खुल्लामञ्चमा खाना खुवाउन बर्जित गरे पनि कम्तीमा अभियन्ताहरु अहिलेसम्म थाकेका छैनन्। विपन्नहरुको साहरा बन्दै आएका सापकोटा दम्पतिले आगामी दिनमा राउटे बस्तीमा पुगेर सक्दो सहयोग गर्ने बताएको छ।