विद्यार्थी संगठनद्वारा संसद विघटनविरुद्ध प्रतिरोधकाे आह्वान



काठमाडौँ। नेपाली कांग्रेस, नेकपा लगायतका नौ विद्यार्थी संगठनहरुले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै प्रदर्शन गर्ने भएका छन्।

नेपाल विद्यार्थी संघको संयोजनमा बुधबार राजधानीको लैनचौरमा बसेको नौ विद्यार्थी संगठनहरुको संयुक्त बैठकले संविधानको रक्षाका लागि सहकार्य र सडक संघर्ष गर्ने निर्णय गरेको छ।

बैठकमा नेविसंघ अध्यक्ष राजीव ढुंगाना, अनेरास्ववियू सहसंयोजक रञ्जित तामाङ, राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष मनिष मिश्र, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल छैटौंका अध्यक्ष विमल पोखरेलको उपस्थित थिए।

त्यस्तै अखिल पाँचौका अध्यक्ष घनश्याम मिश्र, विप्लव निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जिवी ढकाल, गोपाल किराँती सम्बद्ध अखिल (क्रान्तिकारी) का महासचिव सुन्दर रायमाझी र अखिल नेपाली विद्यार्थी युनियनका सचिवालय सदस्य मनिष भट्टराई सहभागी थिए। बैठकले संसद विघटनविरुद्ध देशभर प्रतिरोध आन्दोलन गर्न सबै युवा विद्यार्थीहरुलाई आह्वानसमेत गरेको छ।

हेर्नुहोस् संयुक्त विज्ञप्ति