काठमाडौँ। नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको भेलाले प्रवक्ता नारायाणकाजी श्रेष्ठलाई पदमुक्त गरेको छ।
बालुवाटारको भेलाले पार्टीका कुनै पनि नेताहरुमाथि कारबाही नगर्ने भनेर ओलीले भनेपनि प्रवक्ता श्रेष्ठलाई हटाइएको छ। उनको ठाउँमा प्रदिप ज्ञवालीलाई चयन गरिएको छ।
त्यस्तै ओली भेलाले २०७८ मंसिर २ गते महाधिवेशनको मिति तय गरेको छ। आगामी केन्द्रीय समितिको बैठक पौष ९ गते बालुवाटारमा बस्ने छ।




