काठमाडौँ। प्रधानमन्त्री केपी ओलीले पद, पैसा र परिवार मात्रै भन्नेहरुलाई देशको बागडोर सुम्पिन नसकेको स्पष्ट पारेका छन्।
बालुवाटारमा आफू निकट भेलाला्रई सम्बोधन गर्दै ओलीले प्रचण्डतर्फ इंगित गर्दै पिलो निचोरेर फाल्दैमा तौल नघट्ने भन्दै झटारोसमेत हानेका छन्। ओलीले बैठकमा प्रचण्डलगायत कुनै नेतामाथि कारबाही नगर्ने भने पनि भेलाले पार्टीको प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएको खुलासा भएको छ। श्रेष्ठलाई हटाएर भेलाले नेता प्रदीप ज्ञवालीलाई नयाँ प्रवक्ता चयनसमेत जानकारी गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारको भेलाले ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेको छ। ओलीले साबिकको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषण गरेका हुन्।
त्यसमा १९७ जना पछि थप गर्ने उनले बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा सुनाएका छन्। भेलामा ओलीले पद, पैसा र परवार लागि सोच्नेहरुलाई देशको बागडोर छोड्न नसकिएको भन्दै संसद भंग गर्नुपरेको जिकिर गरेका छन्।
गत आइतबार (पुस ५ गते) नेकपाको आन्तरिक विवादलाई खप्न नसकेर प्रधानमन्त्री ओलीले असंवैधानिक तवरले संसद विघटन गरेका थिए।