ओलीद्वारा ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा



तस्बिर: विनोद कटुवाल

काठमाडौँ। प्रधानमन्त्री निवास बालुवाटारमा बसको बैठकमा केपी ओलीले ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन्।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले साबिकको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषण गरेका हुन्।

त्यसमा १९७ जना पछि थप गर्ने उनले बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा सुनाएका छन्। भेलामा ओलीले पद, पैसा र परवार लागि सोच्नेहरुलाई देशको बागडोर छोड्न नसकिएको भन्दै संसद भंग गर्नुपरेको जिकिर गरेका छन्।