ओली निकट भेलामा मिडियामाथि पक्षपात, तीनवटाले पाए प्रवेश



तस्बिर: मुकुन्द कालिकोटे

काठमाडौँ। प्रधानमन्त्री निवास बालुवाटारमा केपी ओली निकट केन्द्रीय कमिटीको बैठक सुरु भएको छ।

बालुवाटार प्रबेशमा संचारकर्मी तथा सञ्चार माध्यमलाई पक्षपात गरेको छ। दर्जनौं सञ्चारकर्मीहरु बालुवाटार पुगेपनि सरकारी सञ्चारमाध्ययम नेपाल टेलिभिजन, न्युज एजेन्सी, र सरोकार टेलिभिजनले मात्रै प्रवेश पाएका छन्।

अन्य सञ्चार माध्यममा आवद्ध संचारकर्मी बालुवाटको सडकमा उभिएरहेका छन्। प्रवेश पाएका टेलिभिजलाई पनि भेलामा प्रवेश गर्न नदिएको स्रोतले बताएको छ। प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने समयमा मात्रै मिडियालाई (प्रवेश पाएका) हलमा प्रवेश गर्न पाउने भएका छन्।

गत आइतबार प्रधानमन्त्री र राष्ट्रपतिको मिलिभगतमा संसद विघटन गरेपछिको विकसित राजनीतिले अस्थिरता सुरु भएको छ। नेकपा विभाजनको आधिकारिक घोषणा बुधबार केपी ओली र प्रचण्ड पक्षले छुट्टा छुट्टै रुपमा घोषणा गर्ने क्रममा छन्।