अनेरास्ववियूका नेताद्वारा कित्ता रोज्न सुरु



काठमाडौं। नेकपाको भ्रातृ संगठन अनेरास्ववियूका नेताहरूले कित्ता रोज्न सुरु गरेका छन्।

आइतबार प्रधानमन्त्री र राष्ट्रपतिको मिलिभगतमा अनावश्यक र असंवैधानिक तवरले संसद विघटन गरिएपछि नेकपाभित्रको ध्रुवीकरण तीव्र बनेको छ। पार्टी बिभाजन पक्का भएपछि नेकपाका नेता कार्यकर्ताहरु कुन पक्षमा उभिने ? भन्नेमा सोच्न थालेको देखिन्छन्।

मंगलबार कामचलाउ प्रधानमन्त्री केपी ओली र प्रचण्ड पक्षले एक अर्कालाई कारबाही गर्ने अवस्था छ। त्यसको पुर्व सन्ध्यामा पश्चिम नेपालको भ्रमणमा रहेका अनेरास्ववियूका केन्द्रीय संयोज तथा अन्य केन्दीय नेताहरु एकाएक बालुवाटार पुगेका छन्।

जहाँ संयोजक ऐन महर, नेता रश्मि आचार्य , सुनिता बराललगायतका नेताहरू ओलीको कित्तामा उभिएका छन्। उनीहरूले संसद विघटन बाध्यता भएको बताउदै नयाँ र ताजा जनादेशको लागि तयार रहेको घोषणा गरेका छन्।